logo

धितोमा राखेको घरजग्गा बिक्री गर्दै सनराइज बैंक

    914   पटक पढिएको


११ बैशाख/अर्थ र व्यापार – ऋणिले कर्जा नतिरेपछि सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ ।
बैंकले बैंकसँग गरेको सम्झौता बमोजिम लिएको कर्जाको चुक्ता भुक्तानी मिति समाप्त भई कर्जा भुक्तानी गर्न गराउन धेरै पटक लिखित, मौखिक अनुरोधका साथै चुक्ता गर्ने गराउने बारेको ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा मेत वेवास्ता गरी कर्जा फछ्र्यौट नगरेकाले त्यस्ता धितो लिलाममा बिक्री गर्ने भएको हो।
बैंकले बैंकको शाखा कार्यालय बानियाँटार, काठमाडौं, हेटौंडा, मकवानपुर, टिकापुर, कैलाली, सिमरा, बारा, विराटनगर, मोरङग र इटहरी, सुनसरी कार्यालयबाट ऋण लिएका ऋणी तथा जमानीकर्ताले धितोमा राखेको घर तथा जग्गा बिक्री गर्ने भएको हो ।
शाखा कार्यालय, बानियाँटार, काठमाडौंबाट ऋण लिएको ऋणी कम्पनी दार्जेलिङ कलेक्सनको धितोमा सुरक्षण रहेको युबिका तामाङको नाममा मालपोत कार्यालय ईलाममा दर्ता कायम रहेको ईलाम जिल्ला, बौद्धनाथ नगरपालिका÷गाउपालिका वडा नं. ४ स्थित कित्ता नं. २३८ को क्षेत्रफल २५४३.७० (वर्गमिटर) भएको जग्गा र सोले चर्चेको लिगलगापत समेत बिक्री गर्ने जनाएको छ ।
शाखा कार्यालय टिकापुर, कैलालीबाट ऋण लिएको ऋणी कम्पनी तथा जमानतकर्ताले धितोमा राखेको गणश कुमार थापाको नाममा मालपोत कार्यालय राजापुरमा दर्ता कायम रहेको बर्दिया जिल्ला, राजापुर नगरपालिका÷वडा नं. ९ स्थित कित्ता नं. ८५५ को ०–११–१२.५–०(वि.क.धु.क) भएको जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने बैंकले जनाएको छ ।
शाखा कार्यालय विराटनगर, मोरङ्गबाट ऋण लिएका ऋणी लिला बहादुर श्रेष्ठ र जमानकर्ताको नाममा राखिएको धितो बिक्री गरिने बैंकले जनाएको छ । बैंकले दुर्गा बहादुर श्रेष्ठको नाममा मालपोत कार्यालय वेलवारी, मोरङ्ग जिल्ला, मधुमल्ला गा.वि.स. वडा नं. ६÷ज स्थित कित्ता नं. १५५ क्षेत्रफल ०–९–१०–०(वि.क.धु.क) भएको जग्गा र सो ले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने छ ।
शाखा कार्यालय हेटौंडा, मकवानपुरको ऋणी कम्पनी गौरी हार्डवयरले धितोमा राखेको राजेन्द्र प्रसाद सेनुरियाको नाममा मालपोत मार्यालय हेटौंडा, मकवानपुर दर्ता कायम रहेको मकवानपुर जिल्ला हेटौंडा वडा नं. ५ स्थित कित्ता नं. ७०८ को क्षेत्रफल ०–१
१९.५वि.क.धु.क.) भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत र अभिमन्यु कुमार सेनुरीयाको नाममा मालपोत कार्यालय हेटौंडा, मकवानपुरमा दर्ता कायम रहेको मकवानपुर जिल्ला, हेटौंडा वडा नं. ५ स्थित कित्ता नं. ७६९४, ७६९७, ७६९५ र ७६९३ को क्षेत्रफल क्रमशः ०–०–१.७५, ०–०–८, ०–०–१.७५, ०–०–१.७५ र ०–०–२ (बि.क.धु) भएको घरजग्गा र सोले चर्चेको लिगलगापात समेत बिक्री गर्ने छ ।

शाखा कार्यालय सिमरा, बाराबाट ऋण लिएका ऋणीले धितोमा राखेको हेमन्ती देवी चौधरीको नाममा मालपोत कार्यालय सिमरा, बारामा दर्ता कायम रहेको बारा जिल्ला, डुमरवाना गाविस वडा नं. ५ स्थित कित्ता नं. ६३६ को क्षेत्रफल ०–०–७ (बि.क.धु) भएको जग्गा र सोले चर्चेको लिगलगापात समेत र चनकलिया देवीको नाममा मालपोत कार्यालय बिरगंज, पर्सामा दर्ता कायम रहेको पर्सा जिल्ला, बेवला प्रसौनी गाविस वडा नं. ३ स्थित कित्ता नं. ३४५ को क्षेत्रफल ०–०–६ (बि.क.धु्र) भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापत समेत बिक्री गरिने बैंकले जनाएको छ ।
यसैगरि, बैंकको शाखा कार्यालय, इटहरी, सुनसरीबट ऋण लिएका ऋणीले धितोमो राखेको संगिता थापाको नाममा मालपोत कार्यालय इनरुवामा दर्ता कायम रहेको सुनसरी जिल्ला, भोक्राहा नगरपालिका÷गाविस वडा नं. ८ स्थित कित्ता नं. १५ को क्षेत्रफल ०–७–१०–० विगाहा भएको घरजग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गर्नेछ ।
बोलपत्र सम्बन्धी शर्तबन्देज सहतिको बोलपत्र फाराम बैंकको कर्जा असुली कविभाग, गैह्रिधारा, काठमाडौं वा सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गर्न सकिने छ । बोलपत्र फाराम यहि १५ बैशाखभित्र बुझाईसक्नुपर्ने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।