६ बैशाख / अर्थ र व्यापार – नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएको छ ।
नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।
सामसङ ग्यालेक्सी ए ३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको छ ।
यी दुवै मोडलहरूमा आश्चर्यजनक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइनहरू एवं विविध रङ्गहरूमा उपलब्ध रहेका छन् ।
तपाईको प्रतिक्रिया