logo

नयाँवर्षमा एनएमबि बैंकको ‘एनएमबि सजिलो क्यूआर कर्जा’शुरु

    863   पटक पढिएको


३ बैशाख/अर्थ र व्यापार – एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित ‘एनएमबि सजिलो क्यूआर कर्जा’को शुरुवात गरेको छ ।
सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंच सुनिश्चिताको लागि आर्टिफिसियल ईन्टेलिजेन्स एआइमा आधारित आन्तरिक प्रविधिको विकास गरी यो कर्जा सुरु गरेको सो बैंकले जनाएको छ । बैंकको क्यूआर प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकश्मिक वित्तीय आवश्यक्तालाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।
अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको सो बैंकले जनाएको छ ।
यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्न मद्धत पुग्न गई ब्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुको साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने अपेक्षा गरिएको सो बैंकले बताएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि सो पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको सो बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।