३ बैशाख/अर्थ र व्यापार– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
यस योजना आगामी ७ बैशाखसम्म रहने छ । आगामी ७ मा बैंकको वार्षिकोत्सव हुँदैछ । आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकले नयाँवर्षको दिन १ देखि ७ वैशाखसम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोवारमा भारी छुट र क्यासब्यक लगायतका योजनाहरु सार्बजनिक गरेको जनाएको छ ।
यस योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पीओएस मेसिन र अनलाईन मार्पmत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुई सय रुपैयाँसम्म क्यासब्याक दिइने छ । यसैगरी, क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि पाँच सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढिमा दुईसय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया