logo

बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति, संस्थागतको ६ प्रतिशत गर्ने प्रयास

    1006   पटक पढिएको

२८ चैत/अर्थ र व्यापार – बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति भएको हो ।
यस सहमतीसँगै मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिविफिनका बरिष्ठ अध्यक्ष भोजबहादुर थापाले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताए ।
सिविफिनका अध्यक्ष पवन गोल्यानले पनि बैशाखदेखि निक्षेपको व्याजदर घट्ने बताए । ‘भारतमा ६ प्रतिशत ब्याजदर छ, नेपालमा ११ प्रतिशत छ, हामीले ९.९ प्रतिशत हुनुपर्ने माग राखेका छौं, अहिले ब्याज बढी भएपनि निक्षेप बढेको छैन, थप प्रष्ट पार्दै उनले भने, ‘बैशाखदेखि ९.९ प्रतिशत हुन्छ, जेठपछि ८ प्रतिशत हुन्छ ।’
उनका अनुसार बैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने छ । यससँगै निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्ने र ऋणीलाई राहत हुने उनले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।