२८ चैत/अर्थ र व्यापार – कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले गुल्मीको राजन प्रसाद अमात्यको २ लाख कित्ता सेयर र चितवनका टिकारामा सापकोटाको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ ।
बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सो सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको काठमाडौंको टंगलामा रहेको प्रधान कार्यालयमा निवेदन दिन जानकारी दिएको छ ।
यस्तै, बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।
तपाईको प्रतिक्रिया