२६ चैत/अर्थ र व्यापार – सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीमध्ये दुई जनाको नाममा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्ने भएको छ।
संस्थापक सेयरधनी रजनी प्रधान र शिशिरनाथ ज्ञवालीको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो ।
दुवैले आफ्नो नामको संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले प्रक्रिया अघि बढाएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो सेयर बिक्रीका लागि पहिलो प्राथमिकता सस्थापक सेयरधनीहरुलाई छ ।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक प्रक्रिया पु¥याइ आवेदन दिन सक्ने बैंकले जनाएको छ।
आवेदन बैंकको बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिन्छ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरे प्रचलित व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकको सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया