logo

कृषि विकास बैंकको लाभांश पारित

    743   पटक पढिएको

१५ चैत/अर्थ र व्यापार – कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मंगलबार साधारणसभा सम्पन्न भएको हो ।
देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८० वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंक १६ औं साधरणसभा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भयो ।
बैंकका करिब ३ लाख ६० हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले प्रतिफल स्वरुप चुक्ता पूंजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।
साधरणसभामा बक्ताको रुपमा भाग लिएका सेयरधनीहरुले उठाएको जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरि, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले शेयरधनीबाट प्राप्त सुझावलाई समेत आधार बनाई अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।