३० फागुन/अर्थ र व्यापार – लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाई छ ।
दिनभर काठमाडौको सडकमा प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।
तपाईको प्रतिक्रिया