३० फागुन/ अर्थ र व्यापार – बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले भोली १ चैतदेखि लागु हुने गरी बैठकले मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।
यस निणए अनुसार १ चैत देखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।
उता, चैतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।
तपाईको प्रतिक्रिया