logo

बैंक तथा वित्तीयसंस्थाविरुद्ध आन्दोलन चर्किएपछि कर्मचारीले हटाउन थाले गाडीको स्टिकर

    880   पटक पढिएको

 

२१ फागुन/अर्थ र व्यापार – पछिल्लो समय केही व्यक्ति तथा समुहले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन चर्काएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रासमा छन् ।नेपाल राष्ट्र बैंकको नीतिले ब्याजदर बढेको र त्यसले उद्योग व्यवसाय बन्द हुने अवस्था सिर्जना गरेको भन्दै देशका बिभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्किन थालेपछि अहिले राष्ट्र बैंकका कर्मचारीले धमाधम गाडीमा लगाएको स्टिकर हटाउन थालेका हुन्।

राष्ट्र बैंकका कर्मचारीले रातो नम्बर प्लेटको गाडीमा नेपाल राष्ट्र बैंकको स्टिकर लगाएर चढ्ने गर्दै आएका थिए ।  यस्तो अराज किसिमका आन्दोलनका गतिविधीले स्टिकर सहितको गाडीमा आक्रमण गर्न सक्ने त्रासले राष्ट्र बैंकका कर्मचारीहरुले त्यसलाई हटाएका हुन् ।

यसअघि जाजरकोटमा लघु वित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेपछि आफुहरुले पनि असुरक्षित महसुस गरेको बताउँदै राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने,‘राष्ट्र बैंकको स्टिकर लगाएको गाडीमा चढ्दा समस्या हुन्छ कि भनेर मैले स्टिकर हटाउन लगाएको हुँ।’

राष्ट्र बैंकका कर्मचारी मात्रै नभई अहिले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीले समेत गाडीमा लगाएको स्टिकर हटाएका छन् ।जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।