१८ फागुन/अर्थ र व्यापार – कुमारी बैंक र ल्यान्डमार्क होटल एन्ड रिसोर्टबीच कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टको सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भईरहेको अवस्थालाई मध्यनजर गर्दै कुमारी बैंकले ल्यान्डमार्क होटल एन्ड रिसोर्टका काठमाडौं, चितवन र पोखरा शाखामा आकर्षक छुटको व्यवस्था गरेको हो ।
यस सम्झौता अनुसार कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिङ प्रयोगकर्ताले ल्यान्डमार्क होटलको सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
देशभर कुमारी बैंकका ३०४ शाखा, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई र ४९ एक्सटेन्सन काउन्टर छन् ।
तपाईको प्रतिक्रिया