१० फागुन/अर्थ र व्यापार– नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको तीन लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो। सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ ।
सो सेयरका लागि जो कोही व्यक्ति अथवा संस्थाले बोलकबोल पेस गर्न सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीले पनि खरिद गर्न पाउने बताइएको छ ।
खरिद गर्न इच्छुकले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । सूचना बुधबार जारी भएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । कम्तिमा एकहजार कित्ताका लागि आवेदन पेस गर्नु पर्नेछ ।
सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने बताइएको छ । आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ।
तपाईको प्रतिक्रिया