logo

कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव छैन: बैंकर्स संघ

    392   पटक पढिएको


३ फागुन/अर्थ र व्यापार – नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव नभएको बताएको छ । संघले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमा संघका अध्यक्ष सुनिल केसीले तत्काल कर्जाको ब्याजदर एकल अंकमा ल्याउन सम्भव नरहेको बताएका हुन् ।
हाल अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहको भन्दै उनले नेपालमा एकल अंकमा ब्याजदर झार्न सक्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो क्रममा नै रहेको र नेपालमा मुद्रास्फीति घट्दा पनि लक्षित सीमाभन्दा माथि नै रहेको बताउँदै अध्यक्ष केसीले भने, ‘भारतले मुद्रास्फीति लक्षित सीमाभित्र ल्याउन प्रयास गरेपनि सफल हुन सकेको छैन । जसको प्रभाव नेपालमा पनि पर्छ । त्यसैले तत्काल ब्याजदर एकल अंकमा झार्न सम्भव छैन ।’
विस्तारै ब्याजदर घट्दो क्रममा रहेको भन्दै उनले ब्याजदर एकल अंकमा आउनु भन्दा पनि स्थिर र स्थायित्व प्रमुख विषय रहेको बताए । बैंकहरुले माघदेखि नै निक्षेपको ब्याजदर घटाइसकेको र त्यसको आधारमा विस्तारै कर्जाको ब्याजदर पनि घट्दै जाने धारणा राख्दै उनले बैंकमा ४ करोड ७० लाख निक्षेप खाता र १८ लाख ऋण खाता रहेको भन्दै निक्षेपकर्ताको कुरा नआउने र ऋणीको कुरा मात्रै आउने गरेको बताए ।
पहुँच पनि भएको र वित्तीय सचेतना भएका १८ लाख ऋणीबाट बढी दबाब हुने बताउँदै अध्यक्ष केसीले भने, ‘४ करोड ७० लाख निक्षेप खाताको दायित्व पनि बैंकहरुले लिएका छन् । निक्षेपकर्ताको कुरा कम र ऋणीको कुरा बढी आएका छन् । जसको कुरा बढी आउँछ त्यसैमा समस्या हो कि भन्ने हामीलाई लागेको छ ।।’
उनले चालु आर्थिक वर्षमा तरलताको समस्या हुने अवस्था भने नदेखिएको बताए । विगतको अवस्था हेर्दा पनि आर्थिक वर्षको अन्तिममा सरकारको विकास खर्चमा हुने वृद्धि लगायका कारण पनि आगामी ५ महिनमा २७० अर्बसम्म निक्षेप बढ्नसक्ने र कर्जा १७० देखि १९० अर्बसमम्म जान सकने भएकोले चालु आर्थिक वर्षमा तरलताको दबाब पर्ने अवस्था भने नरहेको केसीले बताए । यस्तो अवस्थामा सरकारको आन्तरिक ऋण परिचालन लगायतका कारण तरलता व्यवस्थापनमा चुनौती भने रहेको उनले बताए ।
यसैगरि, बैंकर्स संघका निर्वतमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि समग्र विश्वको अर्थतन्त्र एकातिर र नेपालको अर्थतन्त अर्को तिर हुन नसक्ने बताए । उनले विश्वभरी ब्याजदर बढ्दा नेपालमा एकल अंकमा आउने सम्भावना नरहेको बताए ।
निजी क्षेत्रले माग गरे जस्तो एकल अंकमा ब्याजदर नआउने बताउँदै ढुंगानाले भने, ‘ अहिले विरोधका लागि विरोध गर्ने काम मात्रै भएको छ । सडकबाट ब्याजर तिर्दिन र घटाउँछु भन्दैमा समस्याको समाधान हुँदैन ।’
उनले आगमी दिनमा तरलता लगातार बढेर गयो भने ब्याजदर घट्ने अवस्था रहेको अन्यथा तत्कालै बजारमा ब्याजदर घटेर एकल अंकमा आउने सम्भावना नरहेको दावी गरे । निजी क्षेत्रको लागतमा ब्याजदरको हिस्सा ३० प्रतिशत मात्रै हुने गरेको भन्दै उनले ३० प्रतिशत प्रभाव पर्ने ब्याजदर बढ्दैमा सबै समस्या ब्याजदरकै कारण आएको भन्ने भाष्य बनाइनु गलत भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।