२३ माघ/अर्थ र व्यापार – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोसबाट ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवाको थालनी गरेको छ ।
अब ग्राहकहरूले मर्चेन्ट प्वाइन्टहरूको फिन पोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।
त्यसैगरी, नेपाल पे क्युआरलाई पनि बैंकले आफ्नो फिन पोसमा सुचारु गरेको छ । सो फिन पोसमा उपलब्ध क्युआर भुक्तानीका लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आइपिएस प्रयोग गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया