१९ माघ/अर्थ र व्यापार – गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्। पोखरेललाई चार वर्षे कार्यकालका लागि बैंक सञ्चालक समितिले नियुक्ति गरेको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सिइओ बन्न मिल्ने व्यवस्था भएअनुसार पोखरेललाई नियुक्ति दिइएको बैंकले जनाएको छ।
आगामी १८ चैतसम्म पोखरेलको कार्यकाल छ । २०७५ सालको १८ चैतबाट लागू हुने गरी पोखरेल सिइओ नियुक्त भएका थिए । पोखरेलले दोस्रो वरियतामा रहेर २०६५ सालदेखि बैंकमा काम गर्दै आएका छन्।
बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।
तपाईको प्रतिक्रिया