१५ माघ/अर्थ र व्यापार – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन नियुक्त भएका छन् । शेरचन यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् ।
बैंक सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको सो बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जनाए । यसअघि उनी २०७५ माघमा सीईओ नियुक्त भएका थिए । नवनियुक्त सीईओ शेरचनले ग्राहक, सेयरधनी र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
‘मर्जर भएपछि कर्मचारीहरुबीचको समन्वय, कर्जाको गुणस्तरमा ध्यान, रिकभरीलाई प्राथमिकता, डिजिटल बैंकिङलाई जोड र राष्ट्र बैंकका नीति नियमअनुसार समन्वयसाथ काम गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया