logo

राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी

    1109   पटक पढिएको


९ माघ/ अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो ५८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम आयोजना गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना गर्ने उद्धेश्यले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयहरूमा एकसाथ आयोजना भएको प्रभातफेरी कार्यक्रममा करिब एकहजार भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी बैंकको लोगो अङ्कित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा ब्यानर सहित सुरु गरिएको । सो प्रभातफेरीको ¥याली बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुनः भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन,बैंकका अध्यक्ष दिपेन्द्र कार्की, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत सबै कर्मचारीहरुको उपस्थिति थियो ।
यसैगरि, बैंकका प्रादेशिक कार्यालयहरू भएको सहर विराटनगर, वीरगंज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी, शाखा कार्यालय भरतपुर, बुटवल र जनकपुरमा एकै पटक सोही प्रकारको प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरूको सरसफाइ, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भैरहको जनाएको छ ।
आगामी १० माघमा यस बैंक ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।