logo

मर्जपछि कुमारी बैंकको नाफा घटेर  १ करोड मात्र

    1106   पटक पढिएको

८ माघ/अर्थ र व्यापार – नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकलाई मर्ज गरेको कुमारी बैंकले १ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । एनसीसीलाई मर्ज गरेपछि नोक्सानी व्यवस्था (प्रोभिजन) बढ्दा कुमारी बैंकको नाफामा यस्तो गिरावट आएको हो ।
मर्जपछि एकिकृत कारोबार गरेको कुमारी बैंकले ६ महिनाको अवधि (साउनदेखि पुससम्म) १ अर्ब ५० करोड ५३ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । कुमारीले पहिलो त्रैमाशमा १ अर्ब १ करोड २० लाख रुपैयाँ खुदनाफा गरेको थियो । पहिलो त्रैमाशमा एनसीसीको खुदनाफा ५१ करोड ६८ लाख रुपैयाँ थियो ।
एनसीसीको खराब वित्तीय अवस्थाका कारण कुमारी बैंकले कमाएको जति सबै आम्दानी प्रोभिजनमा गएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । मर्जपछि कुमारीको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ । पहिलो त्रैमाशमा कुमारीको खराब कर्जा १.२८ प्रतिशत मात्र थियो ।
कुमारीसँग मर्ज भएको एनसीसीको पहिलो त्रैमाशमा खराब कर्जा २.४६ प्रतिशत थियो । दुबै बैंकको खराब कर्जा जोडिदा धेरै देखियो । खराब कर्जा बढेपछि कुमारीले कमाएको सबै नाफा प्रोभिजनमा गयो ।
कुमारीले एनसीसीलाई समान हैसियतमा मर्ज गरेको हो । दुबै बैंकले गएको पुस १७ गतेदेखि एकिकृत बैंकिङ कारोबार गरेका हुन् ।एकिकृत कारोबारपछि पुस मसान्तसम्म कुमारीको २ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यस्तै बैंकको निक्षेप परिचालन २ खर्ब ९९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड र जगेडा कोष (रजर्भ) १२ अर्ब रुपैयाँ छ । कुमारीको २ अर्ब २६ करोड ८३ लाख रुपैयाँ छ । बैंकको निक्षेप लागत ९.०५,
कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.५८, आधारदर ११.७३ र ब्याजदर अन्तर (स्प्रेड) ४.४६ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।