logo

मर्जपछि कुमारी बैंकको नाफा घटेर  १ करोड मात्र

    785   पटक पढिएको

८ माघ/अर्थ र व्यापार – नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकलाई मर्ज गरेको कुमारी बैंकले १ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । एनसीसीलाई मर्ज गरेपछि नोक्सानी व्यवस्था (प्रोभिजन) बढ्दा कुमारी बैंकको नाफामा यस्तो गिरावट आएको हो ।
मर्जपछि एकिकृत कारोबार गरेको कुमारी बैंकले ६ महिनाको अवधि (साउनदेखि पुससम्म) १ अर्ब ५० करोड ५३ लाख २४ हजार रुपैयाँ प्रोभिजन गरेको छ । कुमारीले पहिलो त्रैमाशमा १ अर्ब १ करोड २० लाख रुपैयाँ खुदनाफा गरेको थियो । पहिलो त्रैमाशमा एनसीसीको खुदनाफा ५१ करोड ६८ लाख रुपैयाँ थियो ।
एनसीसीको खराब वित्तीय अवस्थाका कारण कुमारी बैंकले कमाएको जति सबै आम्दानी प्रोभिजनमा गएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । मर्जपछि कुमारीको खराब कर्जा अनुपात बढेर ३.१५ प्रतिशत पुगेको छ । पहिलो त्रैमाशमा कुमारीको खराब कर्जा १.२८ प्रतिशत मात्र थियो ।
कुमारीसँग मर्ज भएको एनसीसीको पहिलो त्रैमाशमा खराब कर्जा २.४६ प्रतिशत थियो । दुबै बैंकको खराब कर्जा जोडिदा धेरै देखियो । खराब कर्जा बढेपछि कुमारीले कमाएको सबै नाफा प्रोभिजनमा गयो ।
कुमारीले एनसीसीलाई समान हैसियतमा मर्ज गरेको हो । दुबै बैंकले गएको पुस १७ गतेदेखि एकिकृत बैंकिङ कारोबार गरेका हुन् ।एकिकृत कारोबारपछि पुस मसान्तसम्म कुमारीको २ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यस्तै बैंकको निक्षेप परिचालन २ खर्ब ९९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २६ अर्ब २२ करोड र जगेडा कोष (रजर्भ) १२ अर्ब रुपैयाँ छ । कुमारीको २ अर्ब २६ करोड ८३ लाख रुपैयाँ छ । बैंकको निक्षेप लागत ९.०५,
कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८९.५८, आधारदर ११.७३ र ब्याजदर अन्तर (स्प्रेड) ४.४६ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।