logo

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

    781   पटक पढिएको


२८ पुस/ अर्थ र व्यापार – वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारण सभाले एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीलाई अध्यक्ष चयन गरेको हो ।
यसअघि केसी संघको उपाध्यक्ष थिए । केसीलाई अध्यक्षमा निर्वाचित गरेपछि संघको उपाध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । उनी माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
यसअघि उनी संघको कार्यकारी सदस्य थिए । संघका अध्यक्ष अनिलकुमार उपाध्यायको कृषि विकास बैंकको कार्यकाल समाप्त भएपछि संघको अध्यक्ष पद खाली भएको थियो ।
नयाँ निर्वाचनसँगै संघको कार्यकारिणी समितिमा निवर्तमान अध्यक्षको हैसियातमा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे सदस्य छन् ।
यसैगरि, नेपाल बैंकका कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंक रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकका सुदेश खालिङ, सनराइज बैंकका सुमन शर्मा पनि कार्यकारी सदस्य चयन भएका छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबरा संघको सल्लाहकार रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।