logo

लक्ष्मी बैंक र सनराइज बैंकबीच भयो मर्जरमा जाने समझदारी

    771   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार – लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार दुई बैंकबीच १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर भएको हो ।
मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्।
प्रारम्भिक सम्झौता बराबरी हैसियतमा मर्जरमा जाने सहमति भएपनि सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्दा ५ प्रतिशतभन्दा बढीको अन्तर आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज हुनेछ ।
असोज मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।