logo

लक्ष्मी बैंक र सनराइज बैंकबीच भयो मर्जरमा जाने समझदारी

    921   पटक पढिएको


२६ पुस/अर्थ र व्यापार – लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार दुई बैंकबीच १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने गरी प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौतापत्र हस्ताक्षर भएको हो ।
मर्जरसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका छन्।
प्रारम्भिक सम्झौता बराबरी हैसियतमा मर्जरमा जाने सहमति भएपनि सम्पूर्ण सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्दा ५ प्रतिशतभन्दा बढीको अन्तर आएमा स्वाप रेसियो घटबढ हुन सक्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज हुनेछ ।
असोज मसान्तमा प्रकाशित वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ । लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।