१० पुस/अर्थ र व्यापार – नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षमा सुनिल केसी चयन भएका छन् । उनी एनएमबि बैंकका सीईओ हुन् ।
संघको अध्यक्ष रहेका कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि आज बसेको बैठकले केसीलाई कार्यवाहक अध्यक्ष चयन गरेको हो । नयाँ अध्यक्ष चयन नभएसम्मका लागि केसीले कार्यवाहक अध्यक्ष जिम्मेवारी पाएका हुन् ।
तपाईको प्रतिक्रिया