logo

राष्ट्र बैंकले स्प्रेडदर घटाएसँगै बैंक तथा वित्तीय संस्थाको आम्दानी १५ अर्बले घट्ने

    829   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार – मौद्रिक नीतिको समिक्षा मार्फत नेपाल राष्ट्र बैंकको स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ) दर घटाएको छ । बैंकको स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ) दर घटाउने नीतिले बैंक तथा वित्तीय संस्थाको आम्दानी घट्ने अनुमान गरिएको छ । राष्ट्र बैंकले स्प्रेड (निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर ) ०४ प्रतिशतले घटाएको छ । 
राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै स्प्रेडदर घटाएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ । त्यसैगरी, विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट घटाएर ४.६ प्रतिशत कायम गरिएको छ । केन्द्रीय बैंकले परिपत्र जारी गरेपछि मात्रै यो नीति कार्यान्वयमा आउँछ ।
राष्ट्र बैंकले औसत ब्याजदर अन्तर घटाउने नीति लिएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याज बढाउने वा कर्जाको ब्याजदर घटाउने नीति लिनु पर्छ । यद्यपि यसको प्रभावले बैंकिङ क्षेत्रलाई ब्याजदर घटाउन दवाव सिर्जना हुन्छ ।
राष्ट्र बैंकको नीतिले तत्काल ब्याजदर घट्छ भन्ने ग्यारेन्टी नभए पनि दीर्घकालमा भने ब्याजदर घट्ने बैंकरहरु बताउँछन् । ‘तत्काल ब्याजदर नघटे पनि राष्ट्र बैंकको यो नीतिका कारण बैंक तथा वित्तीय संस्थाको आम्दानी १७ देखि १८ अर्ब रुपैयाँले घट्ने देखिन्छ,’ एक बैंकरले भने, ‘व्यवसायीको दवावमा राष्ट्र बैंकले बैंकहरुलाई मात्रै पेल्ने गरेको छ ।’
मंसिर ७ गतेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । स्प्रेड दर घटाउने राष्ट्र बैंकको नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले ०.४ प्रतिशत ब्याजदर घटाउँदा वार्षिक १९ अर्ब रुपैयाँ आम्दानी घट्ने देखिन्छ ।
तर, हाल सबै बैंक तथा वित्तीय संस्थाले स्प्रेड दरको अधिकतम बिन्दुमा कर्जा लगानी नगरेकाले राष्ट्र बैंकको नीतिले बैंकहरुको १४ देखि १५ अर्ब रुपैयाँ आम्दानी घट्ने बैंकरहरु बताउँछन् ।
बैंक वित्तीय संस्थाले ब्याजदर बढाएर स्प्रेडदर सम्बन्धी व्यवस्था पूरा गर्दा समेत बैंकहरुको आम्दानी घट्ने छ ।
उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढी भएको भन्दै आन्दोलन चर्काे बनाएपछि राष्ट्र बैंकले स्प्रेड दर घटाएर ब्याजदर कम गर्ने प्रयास गरेको हो ।
व्यवसायीहरुले पटक पटक आन्दोलन गर्दै राष्ट्र बैंकलाई दवावमा पारेर बैंकहरुको स्प्रेडदर घटाउन लगाउँदै आएका छन् । यसअघि २०७५ सालमा पनि व्यवसायीहरुले आन्दोलन गरेपछि ५ प्रतिशत रहेको स्प्रेड दरलाई राष्ट्र बैंकले घटाएर ४.५ प्रतिशतमा झारेको थियो ।
तत्कालीन गभर्नर डा. युवराज खतिवडाले २०७० असोज २४ गते परिपत्र जारी गर्दै पहिलोपटक स्प्रेड दरसम्बन्धी व्यवस्था गरेका थिए ।
‘विगतमा पर्याप्त तरलता हुँदा कुनै पनि बैंकको स्प्रेड ४.५ प्रतिशत पुगेको थिएन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत भन्छन्,‘कर्जाको माग बढेको आधारमा निक्षेप वृद्धि नभएपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याज बढाएका हुन् । जसले गर्दा कर्जाको ब्याजदर बढेको हो । बजारमा पर्याप्त निक्षेप संकलन हुने अवस्था सिर्जना नभएसम्म सस्तो ब्याजदरमा कर्जा दिन सकिदैन ।’
ब्याजदर माग र आपूर्तिका आधारमा बजार आफैंले निर्धारण गर्नुपर्नेमा केन्द्रिय बैंकले स्प्रेड दर घटाउँदै लगेर ‘माइक्रोम्यानेजमेन्ट’ गरेको बैंकरहरुको आरोप छ ।
राष्ट्र बैंकको नीतिले यो वर्ष बैंकहरुको नाफामा उल्लेख्य असर गर्ने बैंकरहरुको चिन्ता छ ।
‘कहिले प्रिमियम फिर्ता त कहिले स्प्रेड दर घटाउने गरेर राष्ट्र बैंकले नै बैंकका लगानीकर्तामाथि लगातार प्रहार गरिरहेको छ, एक बैंकरले भने, ‘जसबाट बैंकमा लगानी गर्ने लाखौं लगानीकर्ता प्रभावित हुनेछन् ।’

बैंकहरुको नाफा अंकमा अर्बौं देखिए पनि लगानीमाथिको प्रतिफल भने लगाता घटिरहेको छ । जसकारण पछिल्लो समय बैंकका लगानीकर्ताहरु सन्तुष्ट छैनन् । बैंकहरुको प्रतिफल भने पछिल्लो ४ वर्षमा औसतमा १० देखि १४ प्रतिशतको हाराहारीमा छ । आर्थिक वर्ष २०७८÷७९ मा वाणिज्य बैंकहरुको कुल नेटवर्थ ६ खर्ब १७ अर्ब ८६ करोड २६ लाख रुपैयाँ छ । योभनेको बैंकका लगानीकर्ताहरुको बैंकमा भएको लगानी वा पुँजी हो । गत वर्ष वाणिज्य बैंकहरुले ७४ अर्ब ८०करोड १४ लाख ३६ हजार रुपैयाँ नाफा कमाएकाक छन् । अर्थात्, गत आवमा बैंकहरुको लगानीमाथिको प्रतिफल (आरओई) १२.११ प्रतिशतमात्रै छ ।
तर, बैंकहरुले असूल गरेको प्रिमियम राष्ट्र बैंकले फिर्ता गरेपछि मात्रै वार्षिक वित्तीय विवरण स्वीकृति गरेको छ । जसकारण गत वर्षको अपरिस्कृत वित्तीय विवरणमा ७४ अर्ब ८० करोड देखिएको नाफा लेखापरीक्षणपछि ७० अर्ब रुपैयाँको हाराहारीमा मात्रै सीमित हुने देखिन्छ । पछिल्ला ४ वर्षको तथ्यांक हेर्दा रिटर्न अन इक्विटी (आरओई) औसतमा १२।०३ प्रतिशतमा सीमित भएको छ ।
यसको अर्थ हो गत आवमा वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्नेले औसतमा १२.११ रुपैयाँ कमाएका छन् ।सेयरधनीको आम्दानी रिटर्न अन इक्विटी (सम्पत्ति माथिको प्रतिफल अर्थात् आरओई) भनिन्छ । कुल नाफालाईसेयरधनीको इक्विटी (रिजर्भ, रिटेन्ड अर्निङ र सेयर क्यापिटल)ले भाग गर्दा आरओई निस्कन्छ ।
सामान्यतयाः कुनै पनि व्यवसायले दिने प्रतिफल २० प्रतिशतभन्दा बढी हुनुलाई राम्रो मानिन्छ । तर, प्रतिफल २०प्रतिशत ओरालो लाग्न थाल्यो भने लगानीकर्ताहरु त्यस्ता कम्पनीमा लगानी गर्न कम आकर्षित हुन्छन् ।
जसमा पछिल्लो चार आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरुको आरओई १३.४७ प्रतिशतले ओरालो लागेको छ। गत आर्थिक वर्षमात्रै वाणिज्य बैंकहरुको औसत आरओई १२.११ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।