logo

सिभिल बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

    923   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार– सिभिल बैंकले १२औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सफा टेम्पुको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको सो बैंकले जनाएको छ ।
जावलाखेलमा उद्घाटन गरिएको ‘गो क्यासलेस’ अभियान नेपालगन्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा सञ्चालन गरिने बैंकले जनाएको छ । सो अभियानको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।
उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डो¥याउने बताए । नोट छपाई गर्दा हुने खर्च तथा विदेसिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य हुने उनले बताए ।
बैंकले वार्षिकोत्सवको अवसरमा जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवा पनि सुरुवात गरेको छ । सो सेवाको सुरुवात बैंकका सञ्चालक समितिका अध्यक्ष प्रतापजंग पाण्डे र बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्त रूपमा गरेका थिए ।
सोही वार्षिकोत्सवको अवसरमा बैंकले पाँचथरको यांवरक शाखामा एटीएम सेवा प्रारम्भ गरेको छ । यसैगरी, सिभिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत देशभर छरिएका बैंकका मुख्य शाखासहित ३६ स्थानका ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसबाट कुल ९८४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
यसैगरी, बैंकले ५७ स्थानका शाखामार्फत विपन्न तथा जेहनदार छात्रालाई छात्रवृत्ति स्वरुप नगद प्रदान गरेको थियो । बैंकले आफ्नो विभिन्न शाखामार्फत विभिन्न उमेर समूहका व्यक्तिलाई बैंकिङ तथा वित्तीय ज्ञानसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको सो बैंकले जनाएको छ ।
त्यसैगरी, नेपाल बालसंगठनमा आश्रित करिब ३५० जना बालबालिकाका लागि स्टेसनरी सामग्री खरिद गर्न ५० हजार आर्थिक सहयोग गरेको थियो । भने सुनसरीको धरानमा रहेको निसहाय सहयोग परिषद्को तालिम भवन निर्माण गर्न ५० हजार आर्थिक सहयोग पनि उपलब्ध गराएको थियो । यसैगरी, सो बैंकले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविस्कार केन्द्रको उच्च प्रविधि क्लासरुम परियोजनाका लागि ५० हजार आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी, अपांगता संरक्षण नेपाललाई दृष्टिविहीन व्यक्तिका लागि सयवटा सेतो छडी खरिद गर्न ९५ हजार आर्थिक सहयोग गरेको र कास्कीस्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरूको सुरक्षाका लागि सय थान लाइफ ज्याकेट समेत हस्तान्तरण गरेको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।