logo

लुम्बिनी विकास बैंकले लाभांश केही घटाएर बाँड्ने

    833   पटक पढिएको


६ मंसिर/अर्थ र व्यापार– लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई दिने लाभांश यसपटक अघिल्लोपटकको तुलनामा केही घटाएर बाँड्ने भएको छ ।
यस बैंकले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । अघिल्लोपटक बैंकले १३.६८ प्रतिशत लाभांश दिएको थियो ।
बैंक संचालक समितिको गत २ मंसिरमा भएको ४३५ औँ बैंठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांशमध्ये बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको ९ प्रतिशतले हुने २९ करोड ५५ लाख बराबरको नगद लाभांश वितरण गर्ने छ भने ३ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको सो बैंकले जनाएको छ ।
बैंकले सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गर्ने छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा यस बैंकले १३ प्रतिशत बोनस सेयर तथा ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।