logo

सिद्धार्थ बैंकले थाल्यो ‘भिसा रेमिटेन्स’ सेवा, १८० देशबाट रेमिटेन्स पठाउँदा खातामै आउने

    1010   पटक पढिएको


२२ कात्तिक /अर्थ र व्यापार – सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवाको सुरुवात गरेको छ।
नयाँ सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने छन्।
स्वदेशी तथा विदेशी ग्राहकहरुले भिसा रेमिटेन्स सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन्।
यसरी ‘भिसा रेमिटेन्स’ सेवा मार्फत पठाइएको रकम सिद्धार्थ बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्न छन्।
यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
बैंकका देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।