logo

एकसातामै बैंकहरुमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

७ अर्ब निक्षेप संकलन र ४ अर्ब रुपैयाँ कर्जा प्रवाहमा गिरावट

    862   पटक पढिएको

२७ असोज/अर्थ र व्यापार – दसैं पछिको एक साताको अवधिमा बैंकहरुमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकर्स संघको तथ्यांक अनुसार अघिल्लो महिना गत भदौको तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो सातामा आइपुग्दा ७ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको छ ।
त्यसअघि गत साउन महिनाभर घटेको निक्षेप संकलन पुनः घट्न थालेको संघको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको तेस्रो महिना असोजको दोस्रो साता बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।
सो अवधीदेखि असोजको तेस्रो सातामा आइपुग्दा बैंकहरुको कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ । असोजको दोस्रो साता बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए ।
असोजको तेस्रो सातासम्म आइपुग्दा कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब रुपैयाँमा आईपुगेको हो । बैंकको कर्जा प्रवाह साउनको दोस्रो सातादेखि नै बढ्दै गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।