२६ असोज/अर्थ र व्यापार – सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा ठिमी र कपनमा पनि विस्तार गरी बैंकिङ्ग सेवा सञ्चालन गरेको जनाएको छ । सो शाखाहरुको उद्घाटन सोही बैंकका ब्रान्ड प्रवद्र्धक बरिष्ठ कलाकारद्दोय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका संचालक भरतकुमार पोख्रेलले संयुक्त रुपमा गरेका हुन ।
नयाँ शाखा उद्घाटनको क्रममा कलाकारद्दोय मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल एवं विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन थप सफलताको लागि शुभका दिएका थिए ।
यसैगरी, सानिमा बैंकका प्रमुखकार्यकारी अधिकृत निश्चलराज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्दै गुणस्तरीय सेवाप्रदानगर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमा बंैकको देशका सातै प्रदेशमा १२९ कार्यालयहरुर १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया