१४ असोज/अर्थ र व्यापार– कुमारी बैंकले लाभांश घोषणा गरेको छ । १४ असोज शुक्रबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांशमा लाग्ने कर समेत हुने गरी सो लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ । बैंकले बोसन सेयर भने प्रस्ताव नगरेको जनाएको छ ।
हाल कायम चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँको १२.५० प्रतिशत नगद लाभांश बाँड्ने बैंकले साधारणसभाको मिति भने तय नभएको जनाएको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसाभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया