१३ असोज/अर्थर व्यापार – एभरेस्ट बैंक लिमिटेड बिर्तामोड शाखाले झापा जिल्ला बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडबाट हाल सोही स्थानबाट करिब १ किलोमिटर पूर्वको मायादेवी कम्प्लेक्स धर्मकाँटा, सिटी सेन्टर नजिकै नयाँ स्थानबाट आफ्नो कारोबार सुचारु गरेको छ ।
सो कार्यक्रममा बैंकका प्रदेश १ का प्रादेशिक प्रबन्धक जनक चापागाँईले सो स्थानान्तरित शाखाबाट ग्राहकले आधु्निक बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइमा परेको सो बैंकले जनाएको छ । यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक रहेका छन् ।
देशैभरि छरिएर रहेको आफ्नो १ सय १९ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, प्रादेशिक कार्यालय, १ सय ५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया