logo

दसैं–तिहार लगायतका चाडपर्वले रेमिट्यान्स बढेसँगै दुई सातामै थपियो ६७ अर्ब निक्षेप

    918   पटक पढिएको


११ असोज/अर्थ र व्यापार – सोमबार घटस्थापनाको दिनबाट सुरु भएको बडादसैं लगायतका चाडपर्वले वितेका दुई सातामै बाणिज्य बैंकहरुमा झण्डै ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै विदेशमा रहेका नेपालीहरुले स्वदेशमा तथा आफ्ना घरपरिवारमा धमाधम रेमिट्यान्स रकम पठाउने क्रम बढेपछि अहिले बैंकहरुको निक्षेपमा यस्तो सुधार देखिएको हो ।
गत साता वाणिज्य बैंकहरुमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ । त्यो भन्दा अधिल्लो साता ४० अर्ब ५४ करोड निक्षेप थपिएको थियो । भदौको अन्तिम साता र असोजको पहिलो सातामा गरेर वाणिज्य बैंकहरुमा ६७ अर्ब ६८ करोड रुपैयाँ निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले ६ अर्ब २० करोड मात्र कर्जा विस्तार गरेका छन ।

चालु आर्थिक वर्ष २०७९/८० सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला भदौ महिना सुरु भएयता निक्षेपमा निरन्तर सुधार आएको छ । बैंकहरुमा स्रोतको कमी हुँदा कर्जा परिचालनले गति लिन नसकेको हो ।
दशैं तिहार, छठपर्व लगायतका चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्स आप्रवाहमा सुधार आउँदै गर्दा भदौको अन्तिम साता र असोजको पहिलो सातामा भने बैंकहरुको निक्षेप उच्चदरले बढेको छ ।
यो अवधिमा रेमिट्यान्स आप्रवाहमा सुधार भएको र सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार भएको बैंकरहरुले बताएका छन । उनीहरुका अनुसार गत भदौ महिनाभरमा वाणिज्य बैंकहरुमा ५९ अर्ब ८६ करोड रुपैयाँ निक्षेप थपिएको छ ।
असोज महिनाको पहिलो सातामा २६ अर्ब १४ करोड निक्षेप थपिएको हो । संघका अनुसार असोज ७ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४५ अर्ब १२ करोड रुपैयाँ निक्षेप पुगेको छ । यसअवधिमा वाणिज्य बैंकहरुले ४१ अर्ब ९४ करोड कर्जा लगानी गरेका छन । पछिल्लो एक सातामा बैंकहरुको कर्जा लगानी ४ अर्बले मात्र बढेको छ ।
तरलता अभावको समस्या अझै समाधान नभएकाले प्रायस् बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । नयाँ कर्जा प्रवाह (अपवाद बाहेक) रोकिएको छ भने नयाँ कर्जाका लागि पनि ब्याजदर आकासिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५१ खर्ब ०६ अर्ब निक्षेप रहेको छ भने ४७ खर्ब २३ अर्ब कर्जा परिचालन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।