logo

मुक्तिनाथ विकास बैंकको निक्षेपमा १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा

    707   पटक पढिएको

४ असोज/अर्थ र व्यापार– मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आशिर्वाद बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड योजनामा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने ग्राहकले आफना लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन् । यसैगरि, विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्ने छन् ।
त्यसैगरी, मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनियम योजनामा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने ग्राहकले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुका लागि ८० लाख गरी कुल १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन् । यसमा विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ ।
यस्तो बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुने सो बैंकले जनाएको छ । यसबाहेक थप जानकारीको लागि बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं. ९८०१११००२२) मार्फत् समेत जानकारी लिन सकिने सो बैंकले जनाएको छ ।
यसैगरि, सो बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।