logo

बैंक अफ काठमान्डुको नयाँ योजना सार्वजनिक

    976   पटक पढिएको

२२ भदौ/ अर्थ र व्यापार – बैंक अफ काठमाण्डूले डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण ई-कमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।
बैंकले आउँदै गरेको चाडपर्वलाई लक्षित गरी उक्त योजना ल्याएको बताएको छ ।
बैंकको कार्डबाहक ग्राहकहरूले विभिन्न ई-कमर्स प्याटफर्मबाट सामान तथा सेवा खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने बैंकले बताएको छ ।
यस योजना बुधबारबाट सुरू हुनेछ । याे योजनाअन्तर्गत बैंकको कार्डबाहक ग्राहकहरूले नगद फिर्ताका लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ई-कमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार रुपैयाँ वा सोभन्दा बढी रकम हुनुपर्ने बताइएको छ।
यदि कोही ग्राहकहरूको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने ग्राहकले बैंकको वेबसाइटमा गइ आफैं कार्ड अनलाइन कारोबारका लागि दर्ता गर्न सक्नेछन्।
यस योजनाले ग्राहकहरूलाई धेरै फाइदा हुने भएकोले यस योजनामा ग्राहकहरूको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ।
हालसम्म बैंकले १ सय ३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।