२२/अर्थ र व्यापार– प्रभु बैंक र जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंक र बाबा फुड्सबीच भएको सम्झौता अनुसार बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेको ग्राहकहरुले बाबा फुड्सको ‘फुड’ र ‘बेभरेज’ मा ७ प्रतिशत छुट पाउने छन् ।
बैंकका तर्फबाट मधेस प्रदेशका मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र बाबा फुड्सको तर्फबाट प्रबन्ध निर्देशक बिशाल साहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बाबा फुड्समा उक्त सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया