२१ भदौ /अर्थ र व्यापार – कुमारी बैंक र पोखरास्थित बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर प्रालिबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई बाराही पोलिक्लिनिकबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले बाराही पोलिक्लिनिकबाट सेवा लिए बापत् कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स–रेमा १० प्रतिशत र औषधि शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिने सो कम्पनीले जनाएको छ ।
यो सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने सो बैंकको अपेक्षा छ ।
कुमारी बैंकले देशभर १ सय ९८ शाखा सञ्जाल, १ सय ९४ एटीएम, ५० शाखारहित बैंकिङ एकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया