logo

चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार

    950   पटक पढिएको

२० भदौ/अर्थ र व्यापार – दसैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएयता बैंकिङ प्रणालीबाट निरन्तर निक्षेप बाहिरिए पनि भदौको तेस्रो सातामा आएर भने सुधार भएको छ ।
दसैँ, तिहार, छठपर्व लगायतका चाडपर्वहरु नजिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा बैंकहरुको निक्षेपमा समेत सुधार आएको हो ।
भदौको तेस्रो साता सोमबारसम्ममा बैंकिङ प्रणालीमा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरुले एक अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेका छन ।
१७ भदौसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने यस अवधिसम्म ४१ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन ।
साउनको अन्त्यसम्म बैंकहरुमा ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
नेपालीहरुको ठूला पर्व तीज, दसैं, तिहार र छठपर्व लगायतका चाडपर्व नजिएकाले रेमिट्यान्स आप्रवाहमा सुधार आएसँगै अहिले बैंकहरुमा निक्षेप थपिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले समग्र वित्तीय प्रणालीमा ५० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । हाल बैंकहरुले ४७ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।