१९ भदौ/अर्थ र व्यापार – कुमारी बैंक र कृष्ण पोलिक्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो कृष्ण पोलिक्लिनिकबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत, एक्स–रेमा १० प्रतिशत, ल्याब टेस्टमा १५ प्रतिशत, प्रक्रिया÷ड्रेसिङ शुल्कमा १० प्रतिशत र औषधी शुल्कहरूमा ३–५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा सो बैंकले जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९८ शाखा सञ्जाल, १ सय ९४ एटीएम, ५० शाखारहित बैंकिङ एकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया