१५ भदौ/अर्थ र व्यापार – सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।
साे योजनाअन्तर्गत, सानिमा मोबाइल बैंकिङबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १ सय रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यसैगरी मोबाइल बैंकिङ प्रयोगकर्ताहरुमध्ये सबैभन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् ।
मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् । यो योजना भदाै १३ देखि मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया