१४ भदौ/अर्थ र व्यापार – गरिमा विकास बैंकले छोटो अवधीमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।
बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्धती योजना सार्वजनिक गरेको हो ।
महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको कारणले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने योजना ल्याएको सो बैंकले जनाएको छ ।
यो योजनाले नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया