१४ भदौ/अर्थ र व्यापार – सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ ।
योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले लाभांश बाँड्ने निर्णय गरेको हो । यो भनेको १० करोड ३२ लाख रुपैयाँ हो ।
ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना चाँडै प्रकाशित हुने कम्पनीले जनाएको छ । फर्स्ट म्युचुअल फण्ड सनराइज बैंकले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरेको छ ।
तपाईको प्रतिक्रिया