logo

बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टीवापतको डेढअर्ब रुपैयाँ आगामी साताभित्र पाउने

    979   पटक पढिएको

३ भदौ /अर्थ र व्यापार – मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रुपैयाँ अब भने फिर्ता हुने भएको छ ।
मेलम्ची खानपानी आयोजनाको काउन्टर बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले एक साताभित्र पैसा फिर्ता पाउने भएका हुन् ।
चिनियाँ अदालतले चाइना रेल्वे ब्यूरो १६औंमा भएको सम्पत्ति फिर्तासम्बन्धी व्यवस्था हटाउने भएपछि नेपाला दुई वाणिज्य बैंकको फसेको डेढ अर्ब रुपैयाँ फिर्ता आउन लागेको हो ।
चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिइसकेको छ । तर, चिनियाँ रेल्वे ब्यूरो १६औंमा व्यवस्था अनुसार सम्पत्ति दिन नमिल्ने थियो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक राणाले आगामी साताभित्रमा पैसा फिर्ता आउन लागेको जानकारी दिए । कानूनीरुपमा पैसा फिर्ता पाउनका लागि भएका अड्चन अब हटेका छन्, आगामी साताभित्र पैसा आउने छ’ राणाले भने ।
उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वे ठेकेदार कम्पनीले पाएको थियो । जसमा चीनको चाइना कन्सट्रक्सन बैंकले ग्यारेन्टी बसेको थियो भने त्यसको काउन्टर ग्यारेन्टीमा हिमालयन बैंक र बिओके बसेका थिए ।
चाइना रेल्वेले सम्झौता अनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकले पाएका थिएनन् ।
यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम काउन्टर ग्यारेन्टी दिएका थिए । जसमध्ये हिमालयन बैंकले ६६ लाख अमेरिकी डलरको काउन्टर ग्यारेन्टी दिएको थियो ।
चाइना रेल्वेले मेलम्चीसँग २०६९ मा सम्झौता तोडिएपछि राष्ट्र बैंकले हिमालयन तथा बीओकेको उक्त रकमलाई ‘एअरमार्क’ गरेर राखेको थियो ।
राष्ट्र बैंकले हिमालयन र बीओकेको एअरमार्क गरेर राखेको पैसा भने मेलम्ची खानेपानी आयोजनालाई फिर्ता दिएको थियो ।
दुबै बैंकले आफ्नो नाफाबाट सो रकम आयोजनालाई भुक्तानी गरिसकेका छन् । र, सो रकम बराबर प्रोभिजन पनि गरिसकेका छन् । राष्ट्र बैंकले यसरी फिर्ता आएको पैसामा विदेशी मुद्राबाट भएको थप लाभ भने रिजर्भमा राख्न लगाउनेछ ।
बैंकहरुले त्यो बेला नेपाली रुपैयाँ भएको प्रोभिजन रकम सेयरधनीले लाभांश पाउनेछन् भने विदेशी डलर र युरोको मूल्य बढेका कारण बढी आउने रकम रिजर्भमा राख्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।