३ भदौ /अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडिओ मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवा शुरूआत गरेको छ।
सेवा शुरूआतसँगै ग्लोबल आइएमईका नयाँ ग्राहकले अनलाइन मार्फत खाता खोली भिडिओ केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने सो बैंकले जनाएको छ ।
यस सेवासँगै नयाँ खाता खोल्दा आवश्यक कागजात प्रमाणित तथा ग्राहक पहिचान अनलाइन भिडिओ मार्फत गर्न सकिनेछ । यो बैंकले यसअघि अनलाइन खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ। भिडिओ केवाईसीले अनलाइन खाता खोल्ने सुविधा अझ प्रभावकारी हुने ब्यांकले विश्वास लिएको छ ।
यस सेवाबाट फरक क्षमता भएका, विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विश्वको कुनै पनि ठाउँबाट अनलाइनबाटै ब्यांकमा खाता खोल्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया