logo

मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढ्यो

    994   पटक पढिएको

२२ साउन/अर्थ र व्यापार – गत आर्थिक वर्ष २०७८/७९ मा मेगा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा २१.७८ प्रतिशत बढी हो ।
अघिल्लो आवमा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे थियो ।
बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट बैंकले लगानीकर्ता ११.१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने सक्ने देखिन्छ ।
गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ५३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ५ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यसैगरि, सो अवधिमा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.४९ प्रतिशतले घटेर ०.७४ प्रतिशत पुगेको छ । साथै, बेसरेट १०.०१ प्रतिशत, सीडी रेसियो ८९.०५ प्रतिशत र स्प्रेडरेट ४.३६ प्रतिशत कायम छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा र प्रतिसेयरनेटवर्थ १ सय ४२ रुपैयाँ ५२ पैसा छ ।
मेगा बैंकले गत २७ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकसँग ९० को स्वाप रेसियोमा मर्जरमा जाने गरि एमओयुमा हस्ताक्षर गरिसकेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका नामबाट एकिकृत कारोबार सञ्चालन हुनेछ ।
मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायव प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छिन् । अन्य कर्मचारीहरुको भने समान हैसियत कायम रहने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।