१९ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले साना ऋणीहरुलाई कर्जाको साँवा ब्याज तिर्न ३ महिना थप समय दिएको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुलाई ३ महिना समय थप गरेको हो ।
अब यस्ता ५ करोडभन्दा कम कर्जा लिएका बैंकका ऋणीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गर्न पाउने भएका हुन ।
राष्ट्र बैंकले साना ऋणीहरुलाई कर्जा तिर्ने समयावअधि ३ महिना थपगर्दै आगामी असोज मसान्तसम्म भुक्तानी गरेमा बैंकले थप हर्जाना तथा पेनाल ब्याज लिन नपाउने व्यवस्था समेत गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया