logo

साउनमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

    1237   पटक पढिएको

२९ असार/अर्थ र व्यापार – नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका हुन् ।
बैंकर्स संघको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको माच्छापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आएका छन् । गभर्नर अधिकारीले सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताए पनि बैंकर्स संघले भने स्थिर राख्ने निर्णय गरेको हो ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा नेपाली मुद्रामा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा दिएको भन्दा संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १ प्रतिशत कम ब्याजदर दिन सक्ने व्यवस्था छ । यस्तै कल निक्षेपमा बचतमा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन सक्ने व्यवस्था छ ।
बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको उच्च ब्याजदर र बचतको न्यून ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।