२६ असार /अर्थ र व्यापार – एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी प्रदान गरेको छ ।
बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले सो बीमा रकम भुक्तानी गरेको हो । यस्तो बीमा रकम प्राप्त गर्नेहरुमा हरिन्द्र शाह तेली, प्रचण्डजंग शाह र सञ्जित तामाङ रहेका छन् ।
उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमकाबीच सो बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा सो बीमा रकम भुक्तानी गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया