२४ असार /अर्थ र व्यापार – सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले चरक हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने छन् ।
यस सम्झौतापत्रमा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी र हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मीले हस्ताक्षर गरेका हुन् । फार्मेसीमा ५ प्रतिशत, ल्याब–बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होलबडी चेकअपमा २० प्रतिशत छुट पाउने सो बैंकले जनाएको छ ।
छुट प्राप्त गर्न बैंकका ग्राहकले हस्पिटलको बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ मार्फत गर्नुपर्ने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया