१७ असार/अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा नयाँ शाखा खोलेको छ। यो शाखासँगै धादिङमा मात्रै बैंकका चारवटा शाखा पुगेको छ ।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव विश्व अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
बैंकको सातै प्रदेशमा १ सय ६५ शाखा पुगेको छ । यसैगरि, १६६ वटा शाखारहित बैंकिङ सेवा रहेको र बैंकका १३ लाख भन्दा बढी ग्राहक रहेको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया