९ असार/अर्थ र व्यापार – आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुने भएकाले कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो बचत गरेको रकम छोरी ज्वाईंलाई उपहारस्वरुप जीवन बीमा गरिदिएकी छिन् ।
उनले जीवनमा आइपर्नसक्ने जोखिम बहन गर्न र बचत पनि होस भन्दै छोरी पुजा रेग्मी र ज्वाईं सुझाब आचार्यको बीमा गरिदिएकी हुन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाबाट सो बीमा भएको कम्पनीले जनाएको छ ।
बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख यज्ञबहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका हुन् । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले आर्थिक समस्याको भार न्यून गर्ने तथा जोखिम बहन पनि हुने भएकाले बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी छिन् ।
आमाबाट उपहार पाएपछि जीवन बीमा सहयोगी हुने भएकाले बीमाको महत्व बुझ्दै सबैले बीमा गर्न अग्रसरता देखाउनुपर्ने बीमित रेग्मीले बताएकी छिन् । विवाहमा उपस्थित जन्ती लगायत अन्य सबैले यो राम्रो थालनी भएको बताएको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया