logo

ग्लोबल आइएमई बैंकबाट ग्राहकको फोटोसहितको डेबिट कार्ड पाइने

    1009   पटक पढिएको

९ असार /अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।
बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंकले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।
यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफुलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरुसंग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुनेछन् ।
बैंकले २८८ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।